February 27, 2024
Comp-1-1

थप ६३४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

थप ६३४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
Comp-1-1

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जना गरि ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले ५ हजार ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन, ५२ जना आईसीयूमा र ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५७४ पुगेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content