February 21, 2024
Comp-1-1

वाइसिएल अध्यक्ष सुवोध सेर्पाली, महासचिवमा गणेश शाही निर्वाचित

वाइसिएल अध्यक्ष सुवोध सेर्पाली, महासचिवमा गणेश शाही निर्वाचित
Comp-1-1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन वाइसीएलको अध्यक्षमा सुवोध श्रीपाली र महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृह हलमा सम्पन्न राष्ट्रिय भेलाबाट अध्यक्षमा श्रीपाली र महासचिव शाही सहित नयाँ पदाधिकारी निर्वाचित भएका हुन् ।

दोस्रो राष्ट्रिय भेलामा ६१ जनाको नयाँ पदाधिकारीसहित ३५१ केन्द्रिय समिति निर्वाचित भएका छन् । भेलाले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदमा निर्वाचित गरेको छ ।

निवर्तमान संयोजक सुमन देवकोटाको उमेर हदका कारण छोड्नुपर्ने भएपछि नयाँ नेतृत्व चयन गर्नका लागि भेला आयोजना गरिएको थियो । उनी एक वर्ष अगाडि मात्र पहिलो राष्ट्रिय भेलाबाट संयोजकमा निर्वाचित भएका थिए ।

विधान अनुसार ३५ जना पदाधिकारीसहित १९९ जना केन्द्रीय सदस्य रहेको वाइसिएलमा दोस्रो भेलाले विधान संशोधन गरेर भएपनि आफ्नो गुटका कार्यकर्ता र परिवार सदस्यलाई व्यवस्थापन गर्नका लागि ६१ जना पदाधिकारी सहित ३५१ जनाको केन्द्रीय सदस्य बनाएको छ । मनोमानि रुपमा चयन भएको पदाधिकारी तथा केन्द्रिय सदस्यहरुप्रति उपस्थित भएका कयौँ प्रतिनिधिले असन्तुष्टी जनाएका थिए ।

निर्वाचित भएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई भदौ ७ गते सपथ ग्रहणका लागि पार्टी केन्द्रिय कार्यालयमा बोलाइएको नव निर्वाचित केन्द्रीय सदस्य सन्तोष जिएम जानकारी दिए ।

यही भदौ शुक्रबार र शनिबारका लागि दोस्रो भेला आयोजना भए पनि पद बाँडफाँटमा कुरा नमिलेपछि आइतबार राति सम्पन्न भएको हो ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content