March 4, 2024
Comp-1-1

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
Comp-1-1

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । भने पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म कुल संख्या संक्रमितको संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content