May 23, 2024

रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु

रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु

भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका– १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।

सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परि १२ जना घाइते भएका छन् । घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।

यसैबीच, घटनामा घाइते भएकाहरूको यथाशिघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुर प्रशासनलाई निर्देशन दिएका छन् ।

सम्बन्धित खबरहरु

Skip to content