March 4, 2024
Comp-1-1

प्रदेश १ ले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट

प्रदेश १ ले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट
Comp-1-1

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९÷०८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

उक्त बजेटको अनुमानित स्रोत व्यहोर्ने प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने उनको अनुमान छ । राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने आङ्बोले उल्लेख गरेका छन् ।

बजेटको पूर्णपाठ

3-1-Final-Budget-Speech-2079

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content