February 21, 2024
Comp-1-1

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा
Comp-1-1

काठमाडौं । विवेशील साझा पार्टीको अध्यक्ष रविन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले स्थानीय चुनावमा पार्टीले व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।

मिश्रले विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यका रुपमा रहने बताएका छन् । पार्टी सदस्य तथा शुभेच्छुकको अपेक्षा पूरा गर्न नसकेकोमा दुःखी भएको बताएका छन् । उनले गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूप्रति नमन व्यक्त गरेका छन् ।

मिश्रले प्रेस विज्ञप्ति मार्फत गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको जानकारी गराएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content