February 27, 2024
Comp-1-1

भरतपुरको मेयरमा रेनु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी

भरतपुरको मेयरमा रेनु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी
Comp-1-1

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । दाहालले नेकपा एमालेका विजय सुवेदीसँग १२ हजार ४४९ मतान्तरले विजय भएकी हुन् । उनीले ५२ हजार ३० मतप्राप्त गरेकी छन् । भने सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् । दाहाल भरतपुर महानगरको मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन् ।

उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी २२ हजार १९१ मत अन्तरले विजयी भएका छन् । उनले ५२ हजार ८०३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई ३० हजार ६१२ मत पाएकी छन् ।

भरतपुर महानगरमा नेपाली कांग्रेसले १६ वटा वडामा वडा अध्यक्ष जितेको छ । नेकपा एमालेले ६ वटा वडामा वडा अध्यक्ष जितेको छ । त्यस्तै मााओवादी केन्द्रले ३ वटा वडाको वडाध्यक्ष पद जितेको छ । एकीकृत समाजवादीले ३ वटा वडाअध्यक्षमा नेतृत्व हात पारेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडामा विजयी भएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content