March 4, 2024
Comp-1-1

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी
Comp-1-1

सुनसरी । धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् ।

साम्पाङले २० हजार ८२१ मत प्राप्त गरे भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ प्राप्त गरेकी थिइन् ।

धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।
त्यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा विजयी भएका छन् । उनले २० हजार ५१० मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरे ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content