February 27, 2024
Comp-1-1

सिद्धिचरण नगरपालिका वडा नं. १० को वडा अध्यक्षमा रमेश धमला विजयी

सिद्धिचरण नगरपालिका वडा नं. १० को वडा अध्यक्षमा रमेश धमला विजयी
Comp-1-1

ओखलढुंगा । ओखलढुंगाकोे सिद्धिचरण नगरपालिका वडा नं. १० को वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला विजयी भएका छन् । एमालेको तर्फबाट वडाअध्यक्षका उम्मेदवार रहेका निवर्तमान वडा अध्यक्ष दामोदर धमलासँग खरो प्रतिस्पर्धाबीच ४७ मतको मताअन्तर विजयी भएका हुन् ।

रमेशले ६११ मत ल्याई वडा नं. १० को वडा अध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी दमोदरले ५६४ मत ल्याएका थिए । वडामा उनि सहित १ जना दलित महिला सदस्य उम्मेदवार कांग्रेस र १ महिला सदस्य र २ जना खुल्ला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको वडा नं. १० को मत गणना सकिँदा नगर प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले अग्रता कायम गरि रहेका छन् । उनले वडा नं. १० बाट ६४२ मत प्राप्त गरेका छन् भने एमालेकी इच्छा कुमारी गुरुङले ५३३ मत ल्याएकी छन् ।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रुपेश शाक्यले ५४३ मत ल्याएका छन् भने एमालेका केदारबाबु बस्नेतले ५६२ मत प्राप्त गरेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content