February 27, 2024
Comp-1-1

काभ्रेमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु, १९ जना घाइते

काभ्रेमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु, १९ जना घाइते
Comp-1-1

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–११ मा बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन् ।

काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा जीपमा सवार रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई–७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई–४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् ।।

घाइते हुनेमा ८ जना जीपमा सवार र ११ जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई धुलिखेल अस्पताल उपचार भइरहेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content