February 27, 2024
Comp-1-1

देशभर १ लाख ४१ हजार ४६८ जना उम्मेदवारको मनोनयन दर्ता

देशभर १ लाख ४१ हजार ४६८ जना उम्मेदवारको मनोनयन दर्ता
Comp-1-1

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर १ लाख ४१ हजार ४६८ जनाले उम्मेदवार मनोनयन दर्ता गरेका हुन् ।

आयोगको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाले उम्मेदवारी दर्ता गरेको छन् ।

यस्तै अध्यक्ष पदमा ३ हजार ३०६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा अध्यक्ष पदमा ३३ हजार १११ जनाले उम्मेदवार दर्ता गराएका छन् । महिला सदस्यमा २४ हजार २८३, दलित सदस्यमा २१ हजार ९७९ र सदस्य पदमा ५१ हजार ९२ जनाले उम्मेदवार दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेश १ मा जम्मा २२ हजार १९४ जनाले उम्मेदवार मनोनयन दर्ता गरेको छन् भने सबै भन्दा धेरै मधेश प्रदेशमा ३६ हजार २७५ जनाले उम्मेदवारी दिएका छन् । बागमती प्रदेशमा २३ हजार ६५४ जनाको उम्मेदवारी दर्ता गरेका छन् भने गण्डकी प्रदेशमा १२ हजार ३१४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदुरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content