February 27, 2024
Comp-1-1

सिद्धिचरण नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट ७ जनाको दाबी

सिद्धिचरण नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट ७ जनाको दाबी
Comp-1-1

ओखलढुंगा । वैशाख ३० गते हुन स्थानीय चुनावमा सिद्धिचरण नगरपालिका प्रमुख र उपप्रमुखको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट ७ जनाले आफ्नो उम्मेदवारी दाबी गरेका छन् । जसमा कुलबहादुर नेपाली, रुपेश शाक्य, सन्तोष मगर, गुण कुमार राई, पेशल धमला, जीरा कुमारी मगर र चन्द्रिका फुयालको दाबी रहेको छ ।

पार्टीमा कुलबहादुर नेपाली हाल सिद्धिचरण नगरपालिका इन्चार्जको रुपमा काम गरिरहेका छन् । उनले इन्चार्जको हैसियतले पनि आफू नगरपालिका प्रमुखमा दाबी गरेको बताए । पार्टीका नगर अध्यक्ष रुपेश शाक्य ०७४ को स्थानिय चुनावमा पनि प्रमुखको उम्मेदवार भएको र नगर अध्यक्षको रुपले आफ्नो दाबी रहेको बताउछन् उनी भन्छन ‘यो पटक जसरी भए पनि नगर प्रमुखमा जित्ने गरी नगरमा मेरो तयारी भएकोले नगर प्रमुखको टिकट मैले पाउनु पर्छ’ ।

त्यसैगरी पार्टीको सहायक संगठन वाइसीएलको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सन्तोष मगर आफ्नो पनि नगरपालिकामा दाबी रहेको बताउछन् । उनले ०७४ को स्थानीय निर्वाचनमा सिनपा १० बाट वडा अध्यक्षमा सम्मानजक भोट पाएका थिए । उनले माओवादी केन्द्र तथा अन्य पार्टीका नेतासँग राम्रो सम्बन्ध भएको र  कार्यकर्ता सङ्ग राम्रो सम्बन्ध बनाएका कारणले पनि अबको नगर प्रमुखमा आफ्नो दाबी रहेको बताए । उनलाई माओवादी केन्द्रको जिल्लाको चर्चित युवा नेताका रुपमा चिनिन्छ ।

त्यस्तै जिल्ला सह–इन्चार्ज गुण कुमार राईले पनि नगरमा आफ्नो उम्मेदवारीमा दाबी गरेका छन् । उनले ०७४ को स्थानीय निर्वाचनमा सिनपा ५ बाट वडा अध्यक्षमा उम्मेदवार दिएका थिए । उनले जिल्ला सह–इन्चार्जको हैसियतले पनि नगरमा आफ्नो दाबी रहेको बताए । ०७४ को स्थानीय चुनावमा वडा अध्यक्षमा उठिसकेकोले अब नगरमा उठ्ने उनको दाबी गरेका छन् ।

यसैगरी पेशल धमलाको पनि नगरमा उम्मेदवारीको दाबी रहेको छ । उनले नगरमा महत्वपूर्ण जिम्मवारी लिएर काम गरिरहेकोले नगरमा उम्मेदवारीको दाबी रहको बताए । उनले भने ‘पार्टीमा रहेर नगरमा विगत लामो समयदेखि काम गरिरहेको छु । त्यसले गर्दापनि नगरका जनताको दुःख सुख बुझेको र नगरको विकासको मोडालिटीबारे राम्रो ज्ञान मसँग भएकाले नगरमा पार्टीले मलाई अगाडी सार्नु पर्छ ।’

यस्तै जीरा कुमारी मगरले पनि नगरमा आफ्नो दाबी रहेको बताएकी छन् । उनी हाल नगर कोषाध्यक्षको रुपमा पार्टीमा काम गरिरहेकी छन् । उनले आफ्नो नगर उपप्रमुखमा दाबी रहेको बताएकी छन् ।

त्यसैगरी चन्द्रिका फुयाल ०७४ सालको स्थानीय चुनावमा उपप्रमुख उम्मेदवार हुन् । उनले यस पटक पनि नगरमा उम्मेदवार दिने दाबी गरेकी छिन् । उनी ०७४ को उपप्रमुखको हैसियतले पनि आफ्नो दाबी रहेको बताउछिन् ।

माओवादी केन्द्रमा नगरमा उम्मेदवारीको दाबेदार धेरै भए पछि कसरी मिलाउने भन्ने नेतृत्व पक्तिमा छलफल भइरहेको नगर इन्चार्ज कुलबहादुर नेपालीले बताए । सत्ता गठबन्धन हुने भयो भने आफ्नो भागमा के पर्छ र के कसरी तालमेल हुन्छ त्यही अनुसार अगाडी बढ्ने उनको भनाइ छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content