February 21, 2024
Comp-1-1

ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा १ जनाको मत्यु, ७ जना घाइते

ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा १ जनाको मत्यु, ७ जना घाइते
Comp-1-1

ओखलढुंगा । ओखलढुंगाको सिस्नेखोलामा बोलेरो दुर्घटनामा हुँदा १ जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

आइतबार चिशंखुगढी दियालेबाट ओखलढुंगा सदरमुकाम आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका ५ सिस्नेखोलामा दुर्घटनामा हुँदा बोलेरोमा सवार चिशंखुगडी ३ पोखरेकी ३५ वषिया कुमारी श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते श्रेष्ठको सामुदायिक अस्पतालमा ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा घाइते मध्ये ४३ वर्षिया सिता भुजेल र २७ वर्षिय चालक हिमाल खतिवडालाई थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

अन्य घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ८ जना सवार बोलेरो सडकवाट करिब ३० मिटर तल खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content