February 21, 2024
Comp-1-1

व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी सम्झौता बहुमतले पारित

व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी सम्झौता बहुमतले पारित
Comp-1-1

काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल भएपछि बहुमतले पारित भएको हो ।

एमसीसीमाथि छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।

छलफलमा एमसीसीमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिएका थिए । त्यसक्रममा अर्थमन्त्री शर्माले सरकारले एमसीसीमाथि व्याख्यात्मक घोषणामार्फत प्रस्ट पारेकाले भ्रममा नपर्न आग्रह गरेका थिए ।

एमसीसी आर्थिक परियोजना हो भनेर सरकारले स्पष्ट गरिसक्योले कसैलाइ भ्रममा नपर्न आग्रह गरे । उनले राष्ट्रिय स्वाधिनता, अखण्डता र जनताको अधिकार तलमाथि गर्न नदिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उनले एमसीसीको व्याख्यात्मक घोषणा गरेर प्रक्रियामा आएको भन्दै संसदले पारित गरेसँगै कानुनी प्रक्रियाको कम्प्याक्टबाट पनि पारित हुने र पारित भएन भने यो स्वत निस्क्रिय हुने बताए । उनले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको विपक्षमा सरकार नजाने समेत बताए ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content