July 27, 2024

आइसिसी टि२० विश्वकप छनोटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

आइसिसी टि२० विश्वकप छनोटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायर खेलमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

फाइनल प्रवेशका लागि मंगलबार नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

क्यानडा समूह बी बाट बाहिरिँदा छ । फिलिपिन्सलाई ९ विकेटको पराजित गरेर ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो । दुवै सेमिफाइनल खेल मंगलबार नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले दिएको ८१ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३७ बलमा ३ चौकासहित ३४ रनमा अविजित रहे ।

दीपेन्द्रसिंह ऐरी ३१ बलमा ३ चौकासहित २७ रनमा अविजित रहे । ओपनर आसिफ शेख १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट भए । कुशल मल्ल गोन्डेन डक आउट भए ।

टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भएको थियो । क्यानडाका १० औं नम्बरका ब्याटर डिलन हेलिगरले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहे । कप्तान नवनित धालिवाल १८ रनमा आउट भए ।

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content