March 4, 2024
Comp-1-1

कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु, ११२८ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु, ११२८ जनामा संक्रमण पुष्टि
Comp-1-1

काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ भने १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परिक्षण भएको थियो । जसमा १७ हजार ४४७ पीसीआर परीक्षण गर्दा ६६६ जनामा र ३ हजार ५४२ एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सोही अवधिमा २ हजार २१५ जना निको भएको छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ । मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content