February 21, 2024
Comp-1-1

नेकपा (माओवादी केन्द्र) सहकारीकर्मी १ नं. प्रदेशको प्रदेश भेला सम्पन्न

नेकपा (माओवादी केन्द्र) सहकारीकर्मी १ नं. प्रदेशको प्रदेश भेला सम्पन्न
Comp-1-1

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  सहकारीकर्मी १ नं. प्रदेशको प्रथम प्रदेश भेला सम्पन्न भएको छ । बुधबार इटहरीमा प्रदेश नं. १ को १४ जिल्लाका सहकारीकर्मीहरु प्रथम भेला सम्पन्न भएको हो ।

भेलाले सहकारी केन्द्र १ नं. प्रदेश कमिटी गठन गरेको छ । भानु दंगाल संयोजक, फणिन्द्र मगर सह–संयोजक र जीवन भट्टराई सचिव सहित २९ सदस्यीय आयोजक कमिटि निर्माण गरेको छ ।

भेला केन्द्रिय सहकारी विभागका संयोजक धर्मदत्त देवकोटाको प्रमुख आतिथ्यता र प्रदेश नं. १ का अध्यक्ष हर्क नेम्वाङ मिक्सोको विशेष आतिथ्यतामा प्रदेश नं. १ का सहकारीकर्मी तथा नेता कार्यकताको उपस्थितिमा सम्पन्न भएको छ । शिव कुमार डाँगीको अध्यक्षतामा सम्मन्न भेला उत्पादन सम्बन्धि अध्ययन कार्यदल नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेशले आयोजना गरेको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content