February 21, 2024
Comp-1-1

‘भिजिट भिसा’मा खाडी मुलुक भ्रमण गर्न मापदण्ड

‘भिजिट भिसा’मा खाडी मुलुक भ्रमण गर्न मापदण्ड
Comp-1-1

काठमाडौं । ‘भिजिट भिसा’मा मलेशिया लगायत खाडी मुलुक भ्रमण गर्न मापदण्ड तोकेको छ । कोभिड–१९ ओमिक्रोन भेरियन्ट संक्रमणका कारण सरकारले माघ १० बाट मलेशिया लगायत खाडी मुलुकमा भिजिट भिसामा जान रोक लगाएको थियो । तर, आइतबार गृह मन्त्रालयले अर्को सूचना जारी गरी भिजिट भिसामा जानका लागि मापदण्ड तोकेको हो ।

गृह मन्त्रालयले सरकारी कामको सिलसिलामा जाने सरकारी प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू, नेपालमा सामान आयात निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधिहरुहलाई पनि भ्रमण खुल्ला गरिएको छ ।

त्यसैगरी खाडी राष्ट्रहरु बाहेक कम्तिमा दुईवटा मुलुकमा पर्यटकको रुपमा भ्रमण गरेका व्यक्तिहरु, वार्षिक न्यूनतम ६ लाख करयोग्य आय भएर ३ लाख रकम बैंक खातामा हुनेहरू, वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागी जाने म्यानपावर व्यवसायीहरु र बिरामीको रेखदेखका लागि जानेहरूलाई भ्रमण खुला गरेको छ ।

कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको बेला मलेशिया लगायतका खाडीमा भिजिट भिसामा गएर बिचल्ली पर्ने गरेको सूचना पाएपछि सरकारले माघ १० गते सूचना प्रकाशित गरेर भिजिट भिसामा जान रोक लगाएको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content