February 27, 2024
Comp-1-1

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए ५ हजार २९९ जना

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए ५ हजार २९९ जना
Comp-1-1

काठमाडौं । काठमाडौं उपत्यकामा ५ हजार २९९ जनासहित थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ जनाको मृत्यु भएको छ भने ७६६ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् ।

काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जना गरी काठमाडौं उपत्यकामा ५ हजार २९९ जनामा संक्रमण भएको छ ।

मन्त्रालयका विवरण अनुसार उपत्यका बाहेक सबैभन्दा धेरै मोरङमा ६४६, सुनसरी ३३२, झापामा २७५, रुपन्देहीमा २७२, कास्कीमा २५४, चितवनमा १९५, कैलालीमा १६५, मकवानपुरमा ११५ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी बाँकेमा ८७, नवलपरासीमा पुर्वमा ८६, काभ्रेपलाञ्चोक र बागलुङमा ७७/७७, धनुषामा ६४, कञ्चनपुरमा ५५, सिरहामा ५०, पर्सा र दाङमा ४८/४८, तनहुँमा ४२, सर्लाहीमा ३३, धादिङ र पाल्पामा ३०/३०, गोरखामा २८, सप्तरीमा २७, नवलपरासी पश्चिममा २५, महोत्तरीमा २४ तथा रौतहट, म्याग्दी र स्याङजामा २०/२० जना कोरोना संक्रमित थपिएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content