February 21, 2024
Comp-1-1

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि
Comp-1-1

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
मुल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल÷मट्टितेल १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई ईन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा निगमलाई पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ र डिजेलमा ८.८१ रुपैयाँ घाटा रहेको जनाएको छ । ६ महिनामा १२ पटक नयाँ मूल्य प्राप्त गर्दा पनि आफूहरुले ३ पटक मात्र मूल्य समायोजन गरेको निगमको दाबी छ । आगामी जनवरी २३ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ग्याँसमा ६४६.१६ रुपैयाँ घाटा रहे पनि निगमले खाना पकाउने ग्याँसमा भने यस पटक मुल्य मुल्य वृद्धि गरेको छैन् । मुल्य समायोजन पछि पनि १५ दिनमा १ अर्ब ८८ करोड घाटा हुने निगमले जनाएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content