February 21, 2024
Comp-1-1

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि
Comp-1-1

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका विवरण अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परिक्षण गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन परिक्षण गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै संक्रमित मध्ये काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना संक्रमित भएका छन् । जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content