February 27, 2024
Comp-1-1

कोरोना संक्रमित अहिले सम्मको उच्च, १० हजार २५८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमित अहिले सम्मको उच्च, १० हजार २५८ जनामा संक्रमण पुष्टि
Comp-1-1

काठमाडौं । नेपालमा कोरोना संक्रमण सुरु भएदेखि एकैदिनमा संक्रमित हुने संख्या अहिले सम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २०७८ वैशाख २८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ८७२ जनाको पीसीआर परिक्षण गर्दा ८७३० र ४ हजार ९५६ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content