February 27, 2024
Comp-1-1

थप ५०८७ जनामा संक्रमण पुष्टि

थप ५०८७ जनामा संक्रमण पुष्टि
Comp-1-1

काठमाडौ । पिछल्लाे २४ घण्टामा ५ हजार ८७ जनामा कोरोनाभाइरस  संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३०६ जना संक्रमित निकाे भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । संक्रमणदर २४.७४ प्रतिशत वृद्धि भएकाे छ ।

देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।
Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content