February 27, 2024
Comp-1-1

कोरोनासंक्रमण बढ्दै, थप १४ सय ४६ जनामा पुष्टि

कोरोनासंक्रमण बढ्दै, थप १४ सय ४६ जनामा पुष्टि
Comp-1-1

काठमाडौं । कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । आइतबार १ हजार १६७ जनामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त भएसँगै हालसम्म कुल ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । १ हजार ४४६ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । हालसम्म जम्मा ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content