February 27, 2024
Comp-1-1

सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य, माघ १५ सम्म स्कुल बन्द

सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य, माघ १५ सम्म स्कुल बन्द
Comp-1-1

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य र माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

माघ ७ गतेदेखि सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि खोप कार्ड अनिवार्य गरिएको छ ।

सीसीएमसीसीले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला तथा सभा समारोह गर्न रोक लगाएको छ । कुनै प्रकारका राजनीतिक, प्रशासनिक, सामाजिक र प्रकृतिका कार्यक्रमहरु नगर्न आह्वान गरेको छ ।

त्यस्तै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ ।

यसैगरी नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र पोजेटिभ आएकाहरुलाई होटल, होल्डिङ सेन्टर तथा आइसोलेसन सेन्टरमा राख्ने सीसीएमसीसीको निर्णय छ । त्यसैगरी सार्वजनिक स्थानहरुमा निःशुल्क एन्टिजेन टेष्ट बुथहरु राख्ने र कोरोना खोपलाई अभियानकै रुपमा अगाडि बढाउने सीसीएमसीसीको निर्णय छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार आइतबार मात्र ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content