February 21, 2024
Comp-1-1

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
Comp-1-1

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभ ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २६२ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १३ हजार ७०९ जना संक्रमणमुक्त भइसकेका छन् । हाल देशभर ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ५९ लाख ५ हजार ६६३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड १० लाख २ हजार ९७६ जनाले पूर्ण मात्रा र १ करोड ४९ लाख २ हजार ६८७ जनाले एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content