March 4, 2024
Comp-1-1

हत्याराको बिल्ला भिराउनेले नै बनाए ढुंगेललाई महाधिवेशन प्रतिनिधि

हत्याराको बिल्ला भिराउनेले नै बनाए ढुंगेललाई महाधिवेशन प्रतिनिधि
Comp-1-1

ओखलढुंगा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि संविधानसभा सदस्य बालकृष्ण ढुंगेल प्रतिनिधि चयन भएका छन्। आफूलाई जनयुद्धकालिन मुद्दामा जेल हालिँदा पनि प्रचण्डले कुनै पहल नगरेको भन्दै ढुंगेल एमालेको पनि ओली खेमाका नेता भए पछि महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन्।

ओखलढुंगामै द्वन्द्वकालमा २०५५ असारमा उज्जनकुमार श्रेष्ठ हत्या प्रकरणमा मुछिएर सर्वस्वसहित जन्मकैद सजाय काटिसकेका नेता ढुंगेललाई केही समय अघि सम्म ज्यानमाराको संज्ञा दिँदै एमालका नेतादेखि कार्यकताहरुले उछिटो गर्दै आएका थिए । तत्कालीन माओवादी नेता एवम् संविधानसभा सदस्य ढुंगेल एमालेको महाधिवेशन प्रतिनिधि चयन भएपछि एमालेका केही नेता तथा कार्यकर्ताले भने असन्तुष्टि व्यक्त गरेका छन् ।

वर्षौ देखि एमालेमा निष्ठापुर्वक कामगरीरहेका आफू जस्ता कार्यकर्तालाई पन्छाउँदै पखालगाएर हत्यारालाई अगाडी सारीएकोमा आफूलाई दुःख लागेको एमालेका एक नेताले बताए । एमाले अव पहुँच, पैसा र दलवल, हुलहुज्जतले चल्ने पार्टी भइ सकेकाले कुनै समय जनताले एमालेलाई नङ्ग्याउने उहाँको भनाइ छ ।

ढुंगेललाई एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कुल विभागले महाधिवेशन प्रतिनिधिका रुपमा पठाएको हो । ओली अध्यक्ष रहेको स्कलु विभागबाट ढुंगेलसहित घनश्याम कोइराला, दयालबहादुर शाही, हिमबहादुर क्षेत्री लगायत नेता कार्यकर्ता महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

ढुंगेल ओखलढुंगा जिल्लाबाट २०६४ सालमा माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।ढुंगेललाई द्धन्द्धकालमा ओखलढुंगामा डेढदर्जन बढी मुद्धा रहेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content