March 4, 2024
Comp-1-1

ओखलढुंगामा बोलेरोे जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

ओखलढुंगामा बोलेरोे जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
Comp-1-1

काठमाडौं । ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान सुनकोशी गाउँपालिका–९ मा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए । मृत्यु हुनेहरूमा सिद्धिचरण नगरपालिका वडा नं. १० की ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत भइसकेको छैन ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको काफ्लेले बताए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content