February 27, 2024
Comp-1-1

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
Comp-1-1

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघी सारेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content