February 21, 2024
Comp-1-1

प्रेरक बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधरण सभा सम्पन्न

प्रेरक बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधरण सभा सम्पन्न
Comp-1-1


भक्तपुर । प्रेरक बचत तथा ऋण सहकारी संस्था लि.को १०औं बार्षिक साधरण सभा शनिबार तलेजु बैंक्वेट, भक्तपुरमा भव्यताका साथ सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंक सुर्यविनायक शाखाका प्रबन्धक श्री दिनेश गेलालले संस्थाको १०औं वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए । उनले छोटो समयमा यस संस्थाले उल्लेखनीय प्रगति गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । गेलालले संस्थाको थप प्रगतिको कामना सहति शेयर सदस्यहरुलाई ढुक्कसँग संस्थामा आवद्धहुन समेत आग्रह गरेका छन् ।
कोभिड–१९का कारण थोरै शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न सभामा सुर्यविनायक नगरपालिका वडा.नं. ६ का वडा सदस्य श्री राजेन्द्र त्वाती ज्यु विशिष्ट आतिथ्यता तथा रविन बोहजु, बलराम धौभडेल र किशोर कुमार श्रेष्ठ थमा आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।
सभामा यस संस्थाका सचिव नतिन हाडा र कोषाध्यक्ष विनिता हाडाले संस्थाको आ.व. २०७७/०७८को प्रगति विवरण प्रस्तुत गर्नु गरेका थिए । सभाका सभापति तथा संस्थाका अध्यक्ष श्री जेनिस खिन्बन्वन्जार ज्युले यस विद्यमान विसम परिस्थिति र असहज वातावरणमा संस्थाका पदाधिकारी, कर्मचारी मित्र, शेयर सदस्य महानुभावहरु र व्यवस्थापन पक्षले जुन कार्य सम्पादन, आत्मविश्वास, परिश्रम र मिहेनतलाई निरन्तरता दिई जुन कार्य क्षमता प्रदर्शन गर्नु भई संस्थालाई प्रगति पथमा लम्काउन सहयोग र समर्थन गर्नु हुने सम्पूर्णलाई हार्दिक कृतज्ञता व्यक्त गरे । उनेल आगामी दिनमा पनि यहाँहरुको यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताउदै आउदै गरेको शुभ दिपावली, नेपाल सम्वत एवम् छठ पर्वको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका छन् ।
संस्था भक्तपुर–४ राममन्दिरमा २०६७/१२/३० गते ३० जनाको समुह मिलि स्थापना भएको थियो । संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै करिब १७०० शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
“सम्पूर्ण, सहकार्य, समृद्धि हाम्रो नारा सदस्यको हितमा समर्पित हुने हाम्रो चहाना” भन्ने मुल भाव र आस्थालाई आत्मसात गर्दै अघि बढेको यस संस्थाले १०औ वसन्त पार गरेको छ । यस अवधिमा संस्थाले सामाजिक कार्यका साथै सदस्यहरुलाई टेवा पुर्याउने विभिन्न कामहरु गर्दै आएको छ ।
फोटो फिचर

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content