February 27, 2024
Comp-1-1

कोरोनाबाट ११ जनाको मृत्यु, ६६६ जनामा संक्रमण पुष्टि

कोरोनाबाट ११ जनाको मृत्यु, ६६६ जनामा संक्रमण पुष्टि
Comp-1-1

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ११ जनाको मृत्यु भएको छ भने ६६६ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १० हजार २९८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार २१५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६२२ जना निको भएसँगैका हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन् । यस्तै हाल देशभर सक्रिय संक्रमित १० हजार २९६ जना रहेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content