February 27, 2024
Comp-1-1

ड्रागन उसु क्वान प्रथम कालभैरव जुनियर उसु प्रतियोगिताको टिम च्याम्पियन

ड्रागन उसु क्वान प्रथम कालभैरव जुनियर उसु प्रतियोगिताको टिम च्याम्पियन
Comp-1-1

काठमाडौं । ड्रागन उसु क्वान प्रथम कालभैरव जुनियर उसु प्रतियोगिताको टिम च्याम्पियन भएको छ । दशरथ रङ्गशालाको मिनि कभर्डहलमा २० र २१ गते भएको प्रतियोगिता नेपाली कांग्रेसका खेलकुद विभागका सचिव तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको खेलमा ७ स्वर्ण २ रजत र १ कास्य पदक सहित ड्रागन उसु क्वान टिम च्याम्पियन भएको हो ।

त्यस्तै ५ स्वर्ण ५ रजत र १० कास्य पदक सहित काठमाडौं उसु क्वान दोस्रो र ५ स्वर्ण ३ रजत र २ कास्य पदक सहित त्रिकोण उसु क्वान तेस्रो भएको छ । ४० वटा क्वानका ३०० भन्दा बढी खेलाडी सहभागी भएको यस प्रतियोगितामा सान्सौ तर्फ २० र थाउलु तर्फ १८ स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी प्रतियोगितामा थाउलु तर्फ उत्कृष्ट पुरुष खेलाडीमा त्रिकोण उसु क्वानका मनिस तामाङले ट्रफि हात पारे । ड्रागन उसु क्वानका लाक्पा डोल्मा शेर्पाले उत्कृष्ट महिला खेलाडीको ट्रफि हात पारिन । त्यस्तै सान्सौ तर्फ यिङयाङ उसु क्वानका रेशमा तामाङ उत्कृष्ट महिला खेलाडी भइन भने काठमाडौं उसु क्वानका नवीन माझी उत्कृष्ट पुरुष खेलाडी हुन सफल भएका छन् ।

उक्त प्रतियोगिता सफल गर्नको लागि साथ र सहयोग गर्नुहुने सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई प्रतियोगिताका संयोजक अमर पुलामी मगरले धन्यवाद व्यक्त गर्दै यस प्रतियोगितालाई निरन्तर दिने बताए ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि राजिव महर्जनले यस प्रतियोगिताले नयाँ खेलाडीहरुलाई उसु खेलप्रति थप उर्जा थपिएको र लामो समय उसु खेलको कुनै पनि प्रतियोगिता नभएको अवस्थामा एउटा क्वानले यस्तो खालको प्रतियोगिता गराएर उसु खेलको विकास ठुलो टेवा पु¥याएको बताउदै आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

त्यस्तै प्रतियोगितामा सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरुलाई कालभैरब उसु क्वानका अध्यक्ष निकेस श्रेष्ठले मायाको चिनो प्रदान गरेका छन् । साथै कार्यक्रममा १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रमुख अतिथिद्वारा सम्मान गरियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content