March 4, 2024
Comp-1-1

प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगितामा थाउलुको छुचि तर्फका खेल सम्पन्न

प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगितामा थाउलुको छुचि तर्फका खेल सम्पन्न
Comp-1-1

काठमाडौं । प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता अन्तर्गत थाउलुको छुचि तर्फका खेल सम्पन्न भएको छ । दशरथ रङ्गशालको मिनि कभर्डहलमा आज (बुधबार)देखि सुरु भएको खेलमा थाउलुको छुचि तर्फका महिला/पुरुष दुवै खेल सम्पन्न भएको हो ।

कालभैरब उसु क्वानको आयोजनामा भएको उक्त प्रतियोगिता प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधिसभा सदस्य माननीय गगन थापाज्युबाट प्रतियोगिता उद्घाटन भएको थियो । उद्घाटन खेलमा सान्सौ तर्फको क्वाटरफाइनलका १५ बाउट खेल सम्पन्न भएको छ भने थाउलुको छुचि तर्फका महिला÷पुरुष दुवै खेलहरु सम्पन्न भएका छन् ।

आयोजकका अध्यक्ष निकेश श्रेष्ठले खेल मर्यादित र अनुशासित रुपमा सम्पन्न हुने बताए । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नु हुने अमर कुमार थिङ्ग, रबिभक्त सिलवाल, सुन्दरमान थिङ्ग, मिलन सिलवाल र राजकुमार राईलाई प्रमुख अतिथि थापाले मायाको चिनोद्वारा सम्मान गरेका थिए ।

प्रतियोगिताका संयोजक अमर पुलामी मगर र अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि थापालाई मायाको चिनो प्रदान गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बाँकी खेल बिहीबार हुनेछ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content