February 21, 2024
Comp-1-1

दशैंको अग्रिम टिकट बुकिङ असोज ११ देखि खुल्ने

दशैंको अग्रिम टिकट बुकिङ असोज ११ देखि खुल्ने
Comp-1-1

काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङ असोज ११ देखि खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि दशैंका लागि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

शुक्रबार सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भए पनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासंङ्घले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जबाफदेही महासंङ्घ नहुने स्पष्ट पारेको छ । महासङ्घले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली, छठ लगायतका महत्वपूर्ण पर्वमा हरेक वर्ष अग्रिम टिकटको व्यवस्था एक महिना, १५ दिन पहिला गर्ने गरिन्थ्यो, गतवर्ष कोभिड १९ को कारणले गर्दा अग्रिम टिकट नै नखोली सामान्य ढङ्गबाट यात्रुहरूले नै व्यवस्थापन गरेका थिए ।

महासङ्घले नागरिक सहायता कक्षहरू राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जनाएको छ । अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात भएकोले यातायात कम्पनीहरूबाट सहजै बुकिङ गर्न सकिने महासङ्घले जनाएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content