February 21, 2024
Comp-1-1

थप १५५८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

थप १५५८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
Comp-1-1

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३८५ नमूना परीक्षण गर्दा १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको हो । मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप १३ सय ५१ जना कोरोनामुक्त भएका छन् ।

कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित ३८६ जनाको भेन्टिलेटरमा र ११७ जनाको आइसीयूमा उपचार भइरहेको छ । थप १३ सय ५१ जना कोरोनामुक्त भएका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content