February 21, 2024
Comp-1-1

सरकारले माधव नेपाल निकट शर्मालाई बागमती प्रदेश प्रमुखमा सिफारिस

सरकारले माधव नेपाल निकट शर्मालाई बागमती प्रदेश प्रमुखमा सिफारिस
Comp-1-1

काठमाडौं । सरकारले बागमती प्रदेश प्रमुखमा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपाल निकटका यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।

०६५ मा माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा स्वकीय सचिव बनेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै नयाँ नियुक्त गरिरहेको छ ।

यसअघि लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भएका थिए । अब ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश १ , सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुख मात्र हटाउन बाँकी छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content