March 4, 2024
Comp-1-1

विवादास्पद अध्यादेश : २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न पाउने

विवादास्पद अध्यादेश : २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न पाउने
Comp-1-1

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजनसम्बन्धी विवादास्पद अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

सरकारले ओली प्रवृत्तिलाई नै अगाल्दै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेको छ । ओली सरकारले तयार पारेको त्यही विवादास्पद अध्यादेशलाई नै देउवा सरकारले अघि बढाउन लागेको हो । ओली सरकारका पालामा दल विभाजनसम्बन्धी अघि बढाइएको अध्यादेश फिर्ता गर्न ओली सरकार बाध्य बनेको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको बताएको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content