February 21, 2024
Comp-1-1

उपत्यकामा साउन २७ सम्म निषेधाज्ञा

उपत्यकामा साउन २७ सम्म निषेधाज्ञा
Comp-1-1

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । निषेधाज्ञा खुकुलो बनाइँदै लगिए पनि कोरोना संक्रमणमा कम नभएका कारण स्थानीय प्रशासनले निषेधाज्ञालाई साउन २७ सम्म थप गरेको हो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले साउन २७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । प्रशासनले लगाएको साउन २० गते रातिदेखि सकिँदै छ ।

निर्णयानुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने ढुवानी सञ्चालन गर्न पाइने पनि प्रशासनको सूचनामा उल्लेख छ । यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्नेलगायतका निर्णय भएका छन् ।
निषेधाज्ञामा के गर्न पाइन्छ के गर्न पाइदैन्

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content