February 27, 2024
Comp-1-1

पूर्ण बहादुर शाक्य वार्षिक कुङ्ग–फु स्मृति कप हुँदै

पूर्ण बहादुर शाक्य वार्षिक कुङ्ग–फु स्मृति कप हुँदै
Comp-1-1

काठमाडौं । पूर्ण बहादुर शाक्य वार्षिक कुङ्ग–फु स्मृति कप हुने भएको छ । नेपाल कुङ्ग–फु संघका संस्थापक अध्यक्ष प्रो. डा. सुनिल शाक्यका स्वर्गीय पिता पूर्ण बहादुर शाक्यको नाममा स्मृति कप हुने भएको हो ।
नेपाल कुङ्ग–फु संघ र संघका संस्थापक अध्यक्ष प्रो. डा. शाक्यबीच स्मृति कपको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतियोगिता वार्षिक रुपमा हुने जानकारी नेपाल कुङ्ग–फु संघले दिएको छ । स्मृति कपको मिति भने केही समय पछि छलफल गरेर तय गर्ने निर्णय भएको संघले जनाएको छ ।
लामो समय देखि अमेरिका बस्दै आएका शाक्य केही समय अघि नेपाल आएका थिए । नेपाल आएको समयमा शाक्य र नेपाल कुङ्ग–फु संघबीच स्मृति कपको लागि सम्झौता भएको छ । शाक्य तत्काल अमेरिका फकिर्ने कार्यक्रम भएकोले सम्झौता कार्यक्रममा नै बिदाइ गरिएको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content