February 27, 2024
Comp-1-1

पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु
Comp-1-1

 

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले २ हजार ८३८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

थप ३० जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ । यस्तै काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको डा अधिकारीले बताए ।

सो अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण भएको छ । हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content