February 21, 2024
Comp-1-1

दलित अधिकारको लडाईमा सबैलाई गोलबन्द हुन मञ्चको आब्हान

दलित अधिकारको लडाईमा सबैलाई गोलबन्द हुन मञ्चको आब्हान
Comp-1-1

शिव बहादुर वि.क

काडमाडौं । संयुक्त दलित शक्ति राष्ट्रिय मञ्चले दलितहरुको अधिकार प्राप्तिको लडाईमा गोलबन्द हुन सबैलाई आब्हान गरेको छ । १५ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा “जातीय भेदभाव तथा छुवाछुत उन्मुलनमा संवैधानिक प्रावधान र विद्यमान सामाजिक मनोविज्ञान” विषयमा सोमबार आयोजित भर्चुवल कार्यक्रममा सहभागि सबैले दलितहरुको अधिकार प्राप्तिको लडाईमा गोलबन्द हुन सबैलाई आब्हान गरेका हुन् ।

कार्यक्रमका अधिवक्ता मोहन साशंखरले संविधान, अन्तरिम संविधान, २०६३ को भन्दापनि पछाडी फर्केको र मौलिक हकमा दिने भनिएका बिषयमा कानुन बनाई भन्ने शब्द राखेर नदिएको बताए । उनले ऐनमा पीडकलाई गरिएको सजाएको व्यवस्था अति थोरै भएकाले संविधान दलितमैत्री हुन नसकेको आरोप लगाउँदै यसका लागि संघर्ष आवश्यक रहेको बताएका छन् ।

त्यस्तै अधिवक्ता तथा भारत प्रबास प्रमुख नरेश विश्वकर्माले भारतमा दलितहरुले नेपालमाभन्दा धेरै अवसर प्राप्त गरेको बताए । उनले नेपालमा भन्दा भारतमा हिंसा पनि कम रहेको बताउदै संविधान वा कानुनमा लेखिएर मात्र नहुने बरु त्यो कानुन किन कार्यान्वन हुन सकेन भनेर प्रश्न गरे । उनले संविधान संसोधन गर्न आवश्यक रहेको भन्दै संसदमा दलित सांसदहरुले पटक पटक संघर्ष गर्नु पर्ने विचार व्यक्त गरेका छन् ।

कार्यक्रम भद्रमान मोतेले नेपाल विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्षमा रहेकोले तिनको हुबहु कार्यन्वयन हुन पर्ने बताए । कानुनको नजरमा सबै बराबरी भएकोले आफूमाथिको अन्याय विरुद्ध कानुनी उपचार प्राप्त गर्न विभिन्न उपाय खोज्नु पर्ने बताए । उनले छुवाछुतको स्रोत जात व्यवस्था भएकोले यसको खारेजिको आवश्यकता रहेको बताएका छन् ।

यसैगरी मञ्चका अध्यक्ष हस्त बहादुर विश्वकर्माले दलितहरुको अधिकार सम्पन्न गराउन शान्तीपूर्ण निर्णायक आन्दोलनको लागि अघि बढ्ने अनुरोध गरेका छन् । उनले आन्दोलनले सरकारलाई जसरी पनि घुडा टेकाई छाड्ने भन्दै सबैले साथ दिनु पर्ने बताए ।
अभियानका सचिव मिरा स्वर्णकारले दलित र महिलामाथिको ज्यादतीले सिमा नाघेकोले एकीकृत संघर्ष गर्न पर्ने बताइन् । त्यस्तै अभियानका उपाध्यक्ष पुर्णिमा परियारले सतीप्रथा जसरी हटाइयो त्यसै गरि छुवाछुत प्रथा पनि हटाउनु पर्नेमा जोड दिए । उनले छुवाछुत प्रथामा कठोर सजाय हुनुपर्ने भन्दै त्यस्को लागि राज्यलाई व्यापक दबाब दिने आन्दोलन आवश्यक रहेको बताए ।

कार्यक्रम अध्यक्ष हस्त बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । भने स्वागत मन्तव्य अभियानका उपाध्यक्ष भिम लकान्द्रिले राखेका थिए । कार्यक्रम संचालन प्रदिप घतालले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि वक्ताको रुपमा अधिवक्ता मोहन साशंखर, अधिवक्ता जीवन ज्योति विश्वकर्मा र भारत प्रबास प्रमुख तथा अधिवक्ता नरेश विश्वकर्मालगायत थुप्रै दलित अधिकारकर्मीहरु उपस्थित थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content