February 21, 2024
Comp-1-1

कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी

कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी
Comp-1-1

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा ७ हजार २ सय २६ जना निको भएका छन् । २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६ हजार ७ सय ३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६ सय २६ जना होम आइसोलेसनमा र ७ हजार ८ सय ५० संस्थागत आइसोलेन रहेका छन् । भने आईसीयूमा १ हजार ६ सय ४५ र भेन्टिलेटरमा ४ सय ५७ जना रहेका छन् ।

यो लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६ हजार ७ सय १६ जना निको भएका थिए ।

काठमाडौँ उपत्यकामा बुधबार संक्रमितको संख्या घटे पनि बिहीबार पुनः वृद्धि भएको छ । काठमाडौँ जिल्लामा १ हजार ७ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् ।
थप १०६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेकोे संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content