February 27, 2024
Comp-1-1

दोस्रो पटक प्रतिनिधि सभा विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा

दोस्रो पटक प्रतिनिधि सभा विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा
Comp-1-1

काठामाडौं । शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६(७) अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त सिफारिसबमोजिम संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटन गरी र अर्को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन २०७८ कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते शुक्रबार सम्पन्न हुने गरी मिति तोकिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको यो दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content