March 4, 2024
Comp-1-1

कोरोनाबाट २४ घण्टामा २२५ जनाको मृत्यु, ९४८३ जना संक्रमित

कोरोनाबाट २४ घण्टामा २२५ जनाको मृत्यु, ९४८३ जना संक्रमित
Comp-1-1

काठमाडौं । पछिल्लाे २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाकाे मृत्यु  भएकाे छ भने ९ हजार  ४ सय ८३ जनामा संक्रमण  पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले मंगलबार २२५ जनाको मृत्यु भएको जनाएकाे हो । देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रायलले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५ सय ९६ जना र एन्टिजेन विधिबाट ७ सय २० जनाको परीक्षण गर्दा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content