February 27, 2024
Comp-1-1

अन्तर्राष्ट्रिय नेपाली समाज जर्मन शाखा गठन

Comp-1-1

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज जर्मन शाखा गठन अन्तर्राष्ट्रिय नेपाली समाज जर्मन शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाजले भर्चुअल कार्यक्रम आयोजना गरी जर्मन शाखा ‘राष्ट्रिय कार्यसमिति जर्मनी’ गठन गरेको हो ।
देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै सुमन बस्नेतको नेतृत्वमा संस्थाको जर्मन च्याप्टर गठन भएको हो ।
त्यसैगरी, समितिको वरिष्ठ उपाध्यक्षमा विनोद ढकाल र उपाध्यक्षहरुमा मुना कार्की र राधा गौतम चयन भएका छन्, भने महासचिवमा विकाश सुबेदी, सचिवहरुमा प्रदीप परियार, अमृत लामिछाने चयन भएका छन । समितिको कोषाध्यक्षमा पशुपति तामाङ, सह–कोषाध्यक्षमा टीकाराम बस्याल चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी, कमल अधिकारी, मुना पौड़ेल, उज्वल भण्डारी, कृष्ण ओली, सुबास पौडेल र सन्जु तामाङ रहेका छन् ।
नवगठित कार्यसमितिको सल्लाहकारमा मोहन बहादुर कार्की, हुमनाथ ढकाल र भरत चलाउनेलाई चयन गरिएको छ ।
बुधवार भएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताए ।
अन्तराष्ट्रिय नेपाली समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले ‘नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं’ भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी समेत व्यक्त गरेकी छन् ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला (प्रदीप कुमार राई) ले हरेक क्षेत्रमा नेतृत्व आफैं ‘रोल मोडल’ भएर उत्रिदामात्र अपेक्षित नजिता हासिल हुनेमा जोड दिएका छन् । राईले नव गठित समितिलाई शुभकामना दिंदै नवगठित समाजका हरेक युवाहरु नेपाली समाजको हित र विकासमा खरोरुपमा उत्रिनेमा विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष हरि न्यौपानेले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरिका नेपालीलाई जोड्ने उद्देश्यका साथ अभियान संचालन गरेकोमा खुसि व्यक्त गर्दै नवगठित समितिलाई सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा काठमाडांै विश्वविद्यालयका पूर्व डीन प्रा.डा. टंकनाथ शर्मा , गैरआवसीय नेपाली महिला फोरम, जर्मनीकी संयोजक करुणा तुलाधार राई, त्यसैगरी, डा. नारायण गैरे, डा. पुष्पा शर्मा घिमीर, बिक्रम श्री, गोवध्दन पूजा, डा.भुपाल पाण्डे लगायतले शुभकामना दिएका थिए ।
नवगठित समितिका अध्यक्ष सुमन बस्नेत, उपाध्यक्षद्वय मुना कार्की र राधा गौतमले पदभार गर्दै पुर्ण सेवाभावका साथ सामाजिक संस्थाको मुल्य र मान्यतालाई ख्याल राख्दै नेपाल र नेपालीको हित र विकासमा निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा जर्मनी, नेपाल, पोर्चुगल, मलेसिया, अष्ट्रिया, इजरायल लगायत विभिन्न देशबाट नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content