February 21, 2024
Comp-1-1

कोरोनाभाइरस संक्रमणबाट थप ५५ जनाको मृत्यु, ७६६० जनामा संंक्रमण पुष्टि

कोरोनाभाइरस संक्रमणबाट थप ५५ जनाको मृत्यु, ७६६० जनामा संंक्रमण पुष्टि
Comp-1-1

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको र एन्टिजेन विधिबाट ५ सय ७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार ७ सय ७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६ सय १ संक्रमित भएका छन् ।

योसँगै संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमित मात्र ५९ हजार ७ सय ९८ छन् भने निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४ सय १७ पुगेको छ ।
देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छ ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content