February 27, 2024
Comp-1-1

ओखलढुंगाको केत्तुकेमा बोलेरो दुर्घटना तीन जनाको मृत्यु, एक घाइते

ओखलढुंगाको केत्तुकेमा बोलेरो दुर्घटना तीन जनाको मृत्यु, एक घाइते
Comp-1-1

 

ओखलढुुंगा । मानेभञ्ज्याङ्ग गाउँपालिकाको केत्तुकेमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गाउँपालिका–४ केतुकेबाट धुसेनी जाँदै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने गाडी चालक गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा मानेभञ्ज्याङ्ग–४ केतुके धुसेनीका टुल्कीमाया मगर, बिना मगर र डोल कुमारी मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोलेरो चालक सिद्धिचरण नगरपालिका–१० का कमल थापा मगरको अवस्था भने गम्भीर रहेको छ । घाइतेलाई उद्धार गरी सामुदायिक अस्पताल ओखलढुंगामा सामान्य उपचार पछि काठमाडौ पठाइएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।
बोलेरो सडकबाट करिब ७ सय मिटर तल झरेको गाडी मंगलबार बिहान करीब १० बजे दुर्घटना भएको भए पनि प्रहरीले १२ वजे खबर पाए घटना स्थलमा पुगेर उद्धारमा जुटेको कट्टेलले बताए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content