February 27, 2024
Comp-1-1

उसु अवार्डका लागि त्रिपक्षीय सम्झौता

Comp-1-1

काठमाडौं । उसु अवार्डका लागि त्रिपक्षीय सम्झौता भएको छ । अवार्ड आयोजक नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटी, नागरिक विकास वचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटबीच बुधबार सम्झौता भएको हो ।
नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो यो बैंक्युटका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । नागरिक विकासले नगद पुरस्कारको प्रायोजन गर्ने भएको छ भने यो योले कार्यक्रम व्यवस्थापनमा आवश्यक पर्ने सम्पूर्ण खर्च प्रदान गर्ने भएको छ ।

अवार्ड कार्यक्रममा सान्सौं र थाउलोतर्फ १–१ पुरुष÷महिला खेलाडी गरी ४ र उदीयमान खेलाडीका रुपमा १–१ पुरुष÷महिला गरी २ खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने छ ।
त्यस्तै उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥याउने एक जनालाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ विधाबाट सम्मानित गरिने छ । विगत १० वर्षदेखि उसु प्रशिक्षका रुपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।
आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराए । उनले अवार्ड कार्यक्रमले खेलाडीहरुको मनोबल उच्च पार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा अवार्डलाई सहयोग गर्नेप्रति आभार व्यक्त गरे ।

त्यसैगरी भक्तपुरमा हुनु अवार्डले सिंगो भक्तपुरका लागि खुशी र गौरवको कुरा भएको यो योका सञ्चालक कासीछवाले बताए । उनले अवार्डलाई भब्य बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै देशको शान बढाउने खेलाडीको अवार्डसंग जोडिन पाउँदा खुशी लागेको नागरिक विकासका अध्यक्ष सुब्बाले बताए ।
कार्यक्रममा अवार्डमा प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासीछवा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष विज्ञान राईले संयुक्त रुपमा ट्रफी अनावरण गरे । अवार्ड कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमै शनिबार हुँदै छ ।

 

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content