March 4, 2024
Comp-1-1

जनता समाजवादि पार्टी ओखलढुंगाको अध्यक्षमा खेमराज खड्का चयन

जनता समाजवादि पार्टी ओखलढुंगाको अध्यक्षमा खेमराज खड्का चयन
Comp-1-1

ओखलढुंगा । जनता समाजवादी पार्टी ओखलढुंगाको अध्यक्षमा खेमराज खड्का चयन भएका छन् । तत्कालिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकता पछि ओखलढुंगामा आयोजित भेलाले जिल्ला अध्यक्षमा खड्कालाई चयन गरेको हो ।
खड्काको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समन्वय समिति समायोजन भएको छ । समितिको उपाध्यक्षमा प्रंकाश तामाङ चयन भएका छन् ।


त्यस्तै, उपध्याक्षमा लालमान तामाङ, सचिवमा पासाङ ङिमा शेर्पा, उपसचिवमा केशव रम्तेल, सूर्यप्रकाश सुनुवार, खडानन्द तिमिल्सेना छन् । कोषाध्यक्षमा आङ दावा शेर्पा चयन भएको छ । ७१ सदस्यीय जिल्ला समन्वय समिति मध्ये २१ सदस्यीय कार्यकारिणी समिति रहेका छन् ।

नेकपा मालेका जिल्ला उपसचिव रम्तेलसहित सयौँ कार्यकर्ता जसपामा प्रवेश

त्यसैगरी, नेकपा माले ओखलढुंगा जिल्ला उपसचिव केशव रम्तेल सहितका सयौँ कार्यकाता जसपामा प्रवेश गरेका छन् । जसपाको ओखलढुंगा समायोजन कार्यक्रमको अवसरमा नेकपा मालेका रम्तेलसहित ५० भन्दा बढी कार्यकर्ता प्रवेश गरेका छन् भने अन्य विभिन्न पार्टीका सयौँ कार्यकर्ता पनि जसपा प्रवेश गरेका हुन् ।


पार्टी प्रवेश गरेका रम्तेलसहितका कार्यकर्तालाई कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । रम्तेलले माले पार्टी नाममात्रैको भएको र नेपालमा कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त भएकाले जनता समाजवादी पार्टीमा समाहित भएको बताए ।

रम्तेलसहित मखमल सार्की, नरबहादुर सार्की, रामबहादुर सार्की, दोमकुमारी राउत, हिराबहादुर रम्तेल, सरीता कार्की, सुरेन्द्र कार्की, घनश्याम अधिकारी, भगत धमला, जुनकुमारी कट्वाल, मिनाकुमारी सार्की, विष्णु श्रेष्ठ, रुपा धमला, सविन राई लगायत अन्य कार्यकर्ता जसपामा प्रवेश गरेको छन् । रम्तेल नेकपा मालेबाट ओखलढुंगामा २०७० र ७४ सालको निर्वाचनमा उम्मेद्वार समेत बनेका थिए ।

Comp-1-1

सम्बन्धित खबरहरु

New Project

भर्खरै

Skip to content