February 21, 2024
Comp-1-1

मोरङ र सुनसरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनाबाट २जनाको मृत्यु

मोरङ र सुनसरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनाबाट २जनाको मृत्यु
Comp-1-1

फागुन, २२ गते । मोरङ र सुनसरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनाबाट २जनाको मृत्यु भएको छ । सुनसरी दुहबी नगरपालिका र मोरङ ग्रामथान गाऊपालिकामा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
मोरङ ग्रामथान गाऊपालिका–४ मा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा २५ बर्षीय धिरज माझीको मृत्यु भएको छ । शुक्रबार साँझ कटहरी–७ तकिया चोकमा प्र१–०२–०४३ प २०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएकोहो । मंगलबार साँझ ६ बजे सोनापुर चौक कोशी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाईते भएकी चौधरीको आज राती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीका अनुसार एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेका छन् ।

Comp-1-1

सम्बन्धित खबरहरु

Skip to content